विराटनगरमा‘गल्र्स अन ह्विल’ प्रतियोगिता हुने

विराटनगर । नारी दिवसको अवसर पारेर ‘प्याडिलक्स गल्र्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ । राउन्ट टेबल नेपालको आयोजनामा विराटनगरमा फागुन २४ गते प्याडिलक्स गल्र्स अन ह्विल’ प्रतियोगिता गरिने भएको हो ।

आयोजजक राउन्ट टेबल नेपालले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको हुन लागेको प्याडिलक्स गल्र्स अन ह्विल प्रतियोगितामा महिलाहरुले मात्र भाग लिनपाउनेछन् । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ७५ वटा स्कुटरले भाग गराउने लक्ष्य रहेको राउन्ट टेबल नेपालका अध्यक्ष भवेश राठीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुईले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताउनु भयो । । ‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको हुन्छ । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क हुने गर्दछन् । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु हुन्छ । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गर्दछन् । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिनेछ,’ प्रतियोगिताका संयोजक राठीले भन्नुभयो ।

विराटनगरस्थित जैन भवनबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिहरुले खेलमा समावेश भएर सोही स्थानमा आएर कार्यक्रम समापन हुने प्रतियोगिताको सहसंयोजक अतुल सिँघानियाले बताउनुभयो । प्रतियोगिताको बिजेता हुने प्रतियोगिले एमआइको ४० इन्चको टेलिभिजनलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको द्धितीय र तृतीयलाई पनि गिफ्ट ह्याम्पर रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु पनि हुनेछ । सो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकाहरुबाट मनोरञ्जनका कार्यक्रमहरु हुने संयोजक राठीले जानकारी दिनुभयो । कार्यक्रम स्थलमा फुडस्टल, फेस पेन्ट्रिङलगायतका स्टलहरु पनि रहेछ ।

पत्रकार सम्मेलनमा बोल्दै मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाले महिलाहरुमा भएको प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिहरुले ठूलो भूमिका खेल्ने बताउनुभयो। राउन्ट टेबल विगत ३२ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको क्रियाशील संस्था हो । उक्त प्रतियोगिताबाट संकलन भएको रकम पनि सामाजिक कार्यमा खर्चिने आयोजकको भनाई छ । नेको इन्सुरेन्ससँगको सहकार्यमा हुन लागेको यस प्रतियोगिताको मुख्य प्रयोजक सेनेटरी प्याड प्याडिलक्स रहेको छ ।

Back to top button