चेल्सी क्लव बेच्ने घोषणा

काठमाडौं ।​ ईङ्गिलस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बेच्ने निर्णय गर्नुभएको छ । बुधबारराति एक विज्ञप्ती जारी गर्दै रसीयन अर्बपति अब्रामोभिचले क्लब बेच्ने घोषणा गर्नुभएको हो ।

२००३ को जुलाईमा अब्रामोभिचले क्लब किने यता १७ महत्वपुर्ण ट्रफी क्लबले भित्र्याउको छ । उहाँले एफए कपको पाँचौं चरणमा लुटन टाउनसँगको खेल सुरु हुनु ६२ मिनेट अगाडि क्लब बेच्ने विज्ञप्ती सार्वजनिक गर्नुभएको थियो ।

उहाँको निर्णयपछि पनि क्लबले ३–२ को जित निकाल्दै चेल्सीले क्वाटरफाइनलमा स्थान बनाएको छ। चेल्सीविरुद्वको खेलका क्रममा अब्रामोभिचको समर्थनमा नारा लागेको थियो । उहाँले क्लबलाई सुधार गरेको र चेल्सीलाई उपाधि दाबेदारीमा संधै शिर्ष स्थानमा राखेको भन्दै समर्थनमा क्लबका समर्थकले नारा लगाएका हुन् ।

उहाँ रसियन राष्ट्रपति भ्लादिमिर पुटीनका नजिकका साथिका रुपमा मानिनुहुन्छ । जसका कारण पछिल्लो समय उनीमाथि विभिन्न प्रतिबन्ध र आउजाउमानै कडाइ गरिंदै आएको छ।

मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको भन्दै समर्थक र क्लबको हितमा भएको जनाएका छन् । उहाँले क्लबको मूल्यमा भने आधिकारीक धारणा सार्वजनिक गर्नुभएको छैन । यद्यपि ३ अर्व पाउन्डमा बेच्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उहाँलाई बेलायतमा बस्न केहि समय अघि प्रतिबन्ध लगाइएको थियो। उहाँ ईन्भेष्टर भिसामा बेलायत बस्दै आउनुभएको थियो । उहाँको भिषा अवधि सकिएको छ।

युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिषा दिन आनाकानी गरिरहेको छ। साथै उहाँमाथि बेलायतले कडाइ गरेपछि क्लब बेच्नु श्रेयसकर हुने सल्लाह उहाँमाथि रहँदै आएको थियो ।

Back to top button