रुसी हमलाका कारण एकसातामा १० लाख युक्रेनी छिमेकी मुलुकको शरणमाः राष्ट्रसंघ

युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ ।

एक साताको अवधिमा यतिको संख्यामा युक्रेनी नागरिक छिमेकी मुलुकमा शरण लिन गएका हुन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ ।

ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भन्नुभएको छ, ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस ।’

युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।

युद्धबाट जोगिनका लागि सबैभन्दा धेरै युक्रेनी छिमेकी देश पोल्याण्ड पुगेका छन्। त्यहाँ पाँच लाखभन्दा बढी युक्रेनीले शरण लिएका छन्। यस्तै रोमानिया, स्लोभाकिया, हंगेरी, माल्डोभासहितका देशमा पनि ठूलो संख्यामा युक्रेनी पुगेका छन्।

Back to top button