जेष्ठ नागरिकलाई प्राविधिकमूलक शिक्षा

विराटनगर । जेष्ठ नागरिक सोनामती मण्डललाई मोवाइलमा विभिन्न सामाजिक सञ्जाल चलाउन सिक्न पाउँने कुरामा ज्यादै खुशी हुनुभएको छ ।

विराटनगर महानगरपालिका –६ वस्ने ६० बर्षिया मण्डलले भरत मोहन अधिकारी स्मृति फाउण्डेशद्वारा आजदेखि शुरु गरिएको जेष्ठ नागरिक आधारभूत तथा प्राविधिकमूलक शिक्षा कार्यक्रममार्फत सिक्न घरको सम्पूर्ण कार्य सकाएर आउनु भएको छ।

मण्डलले अहिलेसम्म मोवाईल नचाएको र फोन गर्ने , उठाउने नआउने हुनाले सधै परिवारका अन्य सदस्यहरुमार्फत कुरा हुने गरेको जानकारी दिनु भयो ।

फाण्डेशनले जेष्ठ नागरिकहरुलाई एक वर्षसम्म मोवाईल चलाउन , सामाजिक सञ्जाल, मोवाइल बैंकिङ्ग, टिभि चलाउन, जेब्रा क्रसिङ्ग, होडिङ्ग वोर्ड पढ्न, घरका अन्य प्राविधिक सामाग्री संचालन, नेपाली, अङ्क , अग्रेजी अक्षर , स्वास्थ्य, व्यायाम, सरसफाई लगायतका विषयमा आगामी १२ महिना दैनिक दुई घण्टा तालीम दिने फाण्डेशनकी सचिव लीमा अधिकारीले जानकारी दिनु भयो ।

फाउण्डशनकी अध्यक्ष सविता अधिकारीले छोराछोरी आफ्नो कार्यमा व्यस्त हुनाल जेष्ठ नागरिकहरुलाई समय काट्न समस्या हुनका साथै प्रविधिमूलक कार्य सञ्चालनमा सधै अरुमा आश्रयहुनु पर्ने भएकोले त्यसको निवारणका लागि तालीमको व्यवस्था गरिएको जनाएको छ ।

विराटनगर–६ की राधा गुरागाईले पढ्न जाने पनि अन्य प्रविधिमुलक जानकारी शून्य रहेकोले यस तालीमवाट धेरै कुरा जान्न वझ्न सकिने तथा मोवाइल सञ्चालनमा आत्मनिर्भर हुने भएकोले सिक्न आएको बताउनु भयो ।

फाण्डेशनले सहभागीलाई झोला सहित पाठ्य सामाग्री उपलव्ध गराएको छ।सहभागीहरुलाई अध्ययनमा सहजता प्रदान गर्न प्रत्येकलाई एक/एक थान स्मार्ट मोवाइल वितरण गरिने फाउण्डेशकी मन्जिता उपाध्यायले जानकारी दिनु भयो ।

यस अघि यस प्रकारका तालीम गएको मङ्सिर महिनादेखि बाग्मती प्रदेशको ललितपुर बुङ्मतिमा सञ्चालन भैरहेको छ भने आगामी दिनमा पाँच प्रदेशमा सञ्चालन गर्ने फाउण्डेशनले जनाएको छ । तालीममा विराटनगरको वडा नं ५ र ६ का ६० देखि ८० बर्षसम्मका जेष्ठ नागरिकहरुको सहभागिता छ ।

Back to top button