जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

झापा । झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका– २ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजे ती किशोरी भैँसीका लागि पराल लिन गएको बेला २ जनाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएके छ । दुवै जना नेपाल–भारत सीमानजिक जबानमुन्सीमा महाशिवरात्रिको भोलिपल्ट बर्सेनि लाग्ने मेला घुम्न गएका थिए। बलात्कारको शिकार भएकी किशोरी ५ महिनादेखि आफन्त पर्ने दाजुको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

किशोरीको घर झापा गाउँपालिका हो। दाजुलाई घटनाबारे जानकारी गराएपछि परिवारजनले तत्काल इलाका प्रहरी कार्यालय गौरीगञ्जमा घटनाको किटानी जाहेरी दिएका थिए। प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरी कार्यालय गौरीगञ्ज प्रहरी निरीक्षक राकेश रेग्मी नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।

Back to top button