कोल्डस्टोर सहितको आधुनिककृषि वजार शिलान्यास

इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको सवैभन्दा ठूलो योजना कोल्डस्टोर सहितको आधुनिककृषि वजार शिलान्यास गरिएको छ ।

इटहरी वडा नम्वर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गर्नुभयो । इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि वजार निर्माण हुने छ ।

कृषि वजारमा ६ लाख केजी समाग्री एकै पटक भण्डारण गर्न सकिने कोल्डस्टोर रहने छ । तरकारी र फलफूलजन्य समाग्रीको विक्री कक्ष,एटिएम सहितको वैंक,प्रशासनिक भवन,आवास कक्ष,दुईवटा धर्मकाँटा,१० वटा थोक विक्री कक्ष निर्माण गरिने छ ।यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको छ । दुईवर्षमा निर्माण सकिने कृषि वजारका लागि क्रमागत वजेट उपलब्ध हुने छ ।

उपमहानगरपालिकावाट ५० प्रतिशत सहभागिता रहने छ ।यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ । शिलान्यास समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरकापालिकाका प्रमुख द्धारिकलाल चौधरीले उपहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँसकाटेर वुझाएको करवाट इटहरीमा विकास निर्माणले गति लिएको वताउनुभयो ।पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको वताउनुभयो ।

इटहरीको विकासमा दलहरु विच राम्रो सहिष्णुता रहेको प्रमुख चौधरीको भनाई छ । उपप्रमुख लक्ष्मी गौतमले कृषि वजार इटहरीको गहनाको रुपमा रहने वताउनुभयो । कहिं कतै वेइमानी नगरि,भ्रष्टाचार नगरि इटहरीको पूर्वाधार निर्माणमा उल्लेख्य कार्य भएको उहाँको भनाई छ । प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले कृषि प्रधान देशभएकाले कोल्ड स्टोरको उल्लेख्य महत्व हुने वताउनुभयो । कोल्डस्टोर र कृषि वजारका कारण रोगगारी अवसर सृजना हुने उहाँको भनाई छ ।

वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वरालले वडा नम्वर ९ मा भएका विकास निर्माणका कार्यले जनता खुशी रहेको वताउनुभयो । वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतमले इटहरीमा कृषि वजारको आवश्यकता पूरा हुन लागेको भन्दै प्रशन्नता ब्यक्त गर्नुभयो ।

Back to top button