माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्नुहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्नुहुने भएको छ । र्ने शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने एजेण्डा तय भएको एक नेताले बताउनु भयो ।
माओवादीले गत मंसिरमा सम्पन्न भएको महाधिवेशनका साथसाथै पार्टीको बैठकले एमसीसी यथास्थितिमा पास गर्न नगर्न निर्णय गरेको थियो । तर अन्तिम समयमा माओवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई टेकेर एमसीसी पारित गर्न सघाएको थियो ।

तर, सोही निर्णयलाई लिएर माओवादीभित्र विवाद चर्किएको छ भने नारायणकाजी श्रेष्ठ समूहले यही विषयमा लफडा निकाल्दा पार्टी फुटतिर गएको टिकाटिप्पणी समेत भएको छ । यही पृष्ठभूमिमा प्रचण्डले एमसीसीमा पार्टीको अडान र लिनुपरेको निर्णयबारे केन्द्रीत रहेर सदस्यहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ ।

Back to top button