सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीमा सहमति जनाएको हुँ :प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न राजी भएको बताउनु भएको छ ।

\उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नुपरेको प्रस्ट्याउनु भएको छ ।

ुएमसीसीका कारण गठबन्धन भत्किने अवस्थामा पुगेको थियो। एमालेले गठबन्धन पनि भत्काउने र संसद पनि विघटन गर्ने खेल खेल्यो। एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेका हौं, प्रचण्डले आजदेखि राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा भन्नुभयो उहाँले गठबन्धन बचाएर एमालेलाई फेरि ुकर्नरमा पुर्‍याइदिएको दाबी समेत गर्नुभयो ।

Back to top button