माले, मण्डले र मसालेहरू एकै प्रवृत्तिको भएको महामन्त्री थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाएको भन्नेहरूका छोराछोरी पहिले नै अमेरिकालगायत देश गइसकेको टिप्पणी गर्नुभएको छ ।

गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित हुँदा थापाले रोष्टममा उभिएर अमेरिका, चीन, भारतलगायत जुन देशले अनुदान दिए पनि लिएर देश विकास गरिने अभिव्यक्ति दिनुभएको थियो ।

थापाको उक्त अभिव्यक्तिपछि अरू देशबाट मागेर नेपाल चलाउने ?भन्दै आलोचना भएको थियो। त्यसतर्फ संकेत गर्दै कास्कीमा आज कांग्रेसले आयोजना गरेको कार्यक्रममा थापाले भन्नुभयो, ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन्।’

महामन्त्री थापाले माले, मण्डले र मसालेहरू एकै प्रवृत्तिको भएको आरोप लगाउँदै उनीहरूले उत्तेजनाको राजनीति गरिरहेको पनि बताउनु भएको छ ।

Back to top button