प्रेस चौतारी प्रदेश १ मा बिष्ट,अन्य प्रदेशमा को– को ?

बिर्तामोड । प्रेस चौतारी नेपाल प्रदेश १ को अध्यक्षमा अविजाल विष्ट निर्वाचित हुनुभएको छ । बिर्तामोडमा भएको प्रथम प्रदेश अधिवेशनले विष्टको नेतृत्वमा नयाँ प्रदेश कमिटी चयन गरेको हो ।

प्रदेश कमिटीको उपाध्यक्ष सुमन पुरी र सुष्मा श्रेष्ठ, महासचिवमा गोपाल झापाली, सचिव गणेश उप्रेती र रविन श्रेष्ठ तथा कोषाध्यक्षमा युवराज विवश निर्वाचित हुनुभएको छ ।

यस्तै प्रेस चौतारी नेपालले एकैपटक सबै प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । सम्पन्न अधिवेशनले सवै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको छ ।

जस अन्तर्गत कर्णालीमा प्रकाश अधिकारी र गण्डकीमा ईन्द्र पौडेल अध्यक्ष चयन हुनुभएको छ भने मधेस प्रदेशमा फणि महत, बागमतीमा शरद सापकोटा निर्वाचित हुनुभएको छ ।

प्रतिष्ठानमा सरोज ढुंगेल, एसोसिएसनमा श्रीहरि थापा र उपत्यकामा विष्णु आचार्य अध्यक्ष निर्वाचित हुनुभएको छ । सुदूरपश्चिमा कृष्ण ओली र लुम्बिनी अध्यक्षमा शोभाकर पन्थी निर्वाचित हुनुभएको छ ।

Back to top button