प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक भने बिहान साढे ११ बजे संघीय संसद भवनमा बस्ने तय भएको छ ।

Back to top button