
ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आज जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपमा सवार ओखलढुङगाको चिसङ्खुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी श्रेष्ठको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु भएको हो ।
घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङ्गामा नै उपचार भइहेको छ ।
माम्खाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।