गठबन्धनलाई आगामी निर्वाचन सम्म लैजानुपर्छः गच्छदार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धन सरकार निर्माणका लागि मात्र नभएर अहिले जनताको र राष्ट्रको आवश्यकता भएको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका गच्छदारले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पुर्‍याएको धारणा व्यक्त गर्नुभयो ।

Back to top button