बिर्तामोडमा आगलागी, एक घर जलेर नष्ट

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ।

बिर्तामोड–४ का रमानन्द साहको एकतले टिनले छाएको घरमा ग्यास लिक भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका बारुणयन्त्र परिचालन गरिएको थियो ।

करिब एक घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Back to top button