नेपाल निजामति कर्मचारी संगठन मोरङमा सुवेदी

विराटनगर । नेपाल निजामति कर्मचारी संगठन मोरङको अध्यक्षमा ओमराज सुवेदी निर्वाचित हुनुभएको छ ।

संगठनको को १२ औं जिल्ला अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नव निर्वाचित समितको उपाध्यक्षमा यामनाथ बराल र टिका पाठक पराजुली सचिवमा शालिग्राम कोइराला, सहसचिवमा सुमन फुँयल र कोषाध्यक्षमा उमंग पाण्डे निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रिता खवास कार्की, पूर्ण लिम्बु, चोलेन्द्र बहादुर विश्वकर्मा, नरहरी निरौला, चन्द्रकला खनाल, सुदिरा न्यौपाने, कृष्णप्रसाद भट्टराई, सोनित कुमार मण्डल, अम्बिकाप्रसाद सुवेदी, सुमन निरौला, लुकनाथ पोखरेल, सरिता कोइराला, दिब्या कोइराला, बिबता राई प्रदिप आचार्य चयन हुनुभएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज विनोद ढकाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेकपा एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल निजामित कर्मचारी संगठन केन्द्रीय समितिका नेताहरु प्रभाषप्रसाद साह र युवाचन्द्र घिमिरेलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Back to top button