प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट २०२२’ मा आज सुनसरी र झापा विजयी

विराटनगर । प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट २०२२’ प्रतियोगितामा  सुनसरी र झापा विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङको आयोजना र क्रिकेट संघको प्राविधिक सहयोगमा वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् ।

पहिलो खेलमा सुनसरीले मदेश प्रदेशको सप्तरीलाई १० विकेटले पराजित गरेको छ । पराजित भएसँगै सप्तरी प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ४३ रन बनाएको थियो ।

सप्तरीकी नविता चौधरीले सर्वाधिक ७ रनको योगदान दिइन् । सप्तरीका ७ जना ब्याटरले खाता नखोली पवेलियन फर्के । सुनसरीकी वुमेन अफ म्याच सपना साहले ३ विकेट लिँदा प्रिया मलाहाले पनि ३ विकेट लिइन् । ४४ को झिनो लक्ष्य पछ्याएको सुनसरीले ३ दशमलव ३ बलमा विना विकेट लक्ष्य चुम्न सफल भयो ।

दोस्रो खेलमा नेपालका अन्तर्राष्ट्रिय खेलाडिले भरिएको झापाले मोरङलाई पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ४० रनको झिनो स्कोर बनाएको थियो ।

मोरङकी कप्तान अन्सु जैसवालले सर्वाधिक ६ रन बनाउँदा ६ जना ब्याटरले खाता नखोलि पवेलियन फर्केका थिए । झापाकी हिरणमाई राँयले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर २ विकेट लिँदा ज्योती दनुवारले पनि ३ ओभरमा ५ रन दिएर २ विकेट दिएकी थिइन् ।

४१ को झिनो लक्ष्य पछ्याएको झापाले ४ दशमलव १ बलमा ९ विकेट क्षति सो विजयी लक्ष्य पार गरेको थियो । झापाका काजल श्रेष्ठले अविजित १७ रन बनाउँदा नग्मा तामाङले १३ रन बनाइन् । सोमबारको पहिलो खेल झापा र सप्तरी तथा दोस्रो खेल सुनसरी र मोरङविच हुने छ ।

Back to top button