
काठमाडौं । मौसम पूर्वानमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ। हाल उल्लेखनीय मौसमी प्रणाली छैन।
आज बिहान देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागको मौसम सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
राति पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।