झापा गोल्डकपः आजदेखि क्वाटर फाइनलका खेल शुरु, एपिएफ र सातदोबाटो भिड्दै

बिर्तामोड । झापा गोल्ड कपको पाँचौं संस्करण अन्तर्गत आजदेखि क्वाटरफाइनलको खेल शुरु हुँदैछ ।

आजको पहिलो क्वाटर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।

एपिएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो भने सातदोबाटो जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिता फागुन ३० गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ ।

Back to top button