एकै परिवारमा ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ४ जना मृत फेला परेका छन् । गम्भीर अवस्थाका अर्का एक जनाको पनि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा २ दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा डिएसपीको कमाण्डका एक टोली पुगेको छ ।

Back to top button