सरकारले स्थानीय तहको निर्वाचन टार्न खोज्यो : महासचिव पोखरेल

विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले बर्तमान सरकारले चुनाव गर्न नचाहेको बताउनु भएको छ । एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले निर्वाचनको पक्षमा रहेको बताउनु भएको छ ।

सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको उहाँको आरोप रहेको छ ।अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको निर्वाचनको कुरा गरेको बताउदै उहाँले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनु भयो ।

नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउदै अब दुई राजनीति शक्तिलाई अघि बढाउनु पर्ने बताए । धेरै दल हुँदा बाहिरी चलखेल र अस्थिरता बढेको उहाँको भनाई रहेको छ । अब चुनाव मार्फत जनताले दुई दललाई रोज्नु पर्ने उहाँको को भनाइ छ ।

Back to top button