स्यालहरू हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरीरहेका छन :ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दा गर्दै प्रतिक्रियावादीहरू मिलेर सरकार ढलाएको दोहोर्याउनु भएको छ ।

स्यालको प्रसंग निकाल्दै उहाँले भन्नुभयो , ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरू हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यावहारिक ढंगले जवाफ दिनुपर्छ ।’

ओलीले आफ्नो सरकार हुँदा चलाएको कोकोहोलोमा कुनै अनौठो नमान्न आग्रह गर्नुभयो ।

ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै हाँडीघोप्टेको संज्ञा दिनुभएको छ । ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जोचाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ ।

Back to top button