
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा जारी प्रथम “इक्युवालिटि कप महिला क्रिकेट २०२२” प्रतियोगितामा झापा र मोरङ विजयी भएका छन् ।
वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा झापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् । झापा यस अघि नै फानलमा पुगेको हो । पहिलो खेलमा झापाले मदेश प्रदेशको सप्तरीलाई २ सय ३३ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । झापाले लिगमा सवै खेलमा विजयी भएको छ । सप्तरीले कुनै पनि खेलमा जित हासिल गर्न सकेन ।
टस जितेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई २ सय ६० रनको विशाल स्कोर बनाएको थियो । झापाकी नेपाली राष्ट्रिय टोलीकी विकेट किपर काजल श्रेष्ठले सतक प्रहार गर्नुभयो । काजलले १ सय २ रनको अविजित पारी खेल्नु भएको थियो। उहाँले ६४ बलमा १७ चौका प्रहार गर्नुभयो काजलबाहेक अपसरी वेगमले अर्ध सतक प्रहार गर्दै ५० रनमा आउट हुनभयो । त्यस्तै निमा तामाङले ३६ रनको योगदान दिनुभएको थियो । झापाका २ विकेट रन आउटमा भएको थियो ।
२ सय ६१ रनको विशाल लक्ष्य पछ्याएको सप्तरीले १९ दशमलव २ बलमा सवै विकेटको क्षति २७ रनमा सिमित भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो अंकमा छुन सकेनन् । झापाकी एलीसा खडियाले ४ ओभर बलिङ गर्दै विना रन ४ मेडन राख्नुभएको थियो भने खेलको वुमेन अफ म्याच झपाकी सतक प्रहार गर्ने काजल घोषित हुनभयो ।
दोस्रो खेलमा मोरङले सुनसरीलाई १ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २७ रनकोे स्कोर बनाएको थियो । सुनसरीकी भावना काम्तीले ४० रन बनाउँदा सलिना तामाङले २६ रन बनाउनु भएको थियो । मोरङकी कप्तान अन्सु जैसवालले ३ विकेट लिँदा टिका साहले २ विकेट लिनुभयो ।
१ सय १८ रनको लक्ष्य पछ्याएको मोरङले १८ दशमलव ३ बलमा १ विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । मोरङकी सानु राजवंशीले अविजित ४५ रन बनाउँदा नविता राजवंशीले पनि अविजित १८ रन बनाई । त्यस्तै सृजना राजवंशी २४ रनमा आउट हुनभयो । सुनसरीकी प्रिया मलाहाले १ विकेट लिनुभयो । खेलको वुमेन अफ म्याच मोरङकी रानु घोष्ति हुनुभयो । फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।