एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला,एक जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन्।

तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले सामूहिक आत्महत्याको प्रयास भएको जनाएको छ। ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६३ वर्षीया इन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३३ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बेहोस अवस्थामा भेटिएको काठमाडौं प्रहरी प्रमुख सुदिप गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विरामीहरुको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार बेलुकी साढे १० बजे ईन्दिरामाया प्रधानको परिवारले विष सेवन गरेको उहाँले बताउनुभयो । स्थायी घर काठमाडौंको डल्लु भएपिन डाडापौवामा फ्ल्याट भाडमा र्लिएर बसेका थिए ।

घरभित्र विषका बोतलहरु भेटिएकाले सामूहिक आत्महत्याको प्रयास भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घाइतेहरुको मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेर उपचार भईरहेको छ ।

Back to top button