विराटनगरमा पिकअप भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर । विराटनगरमा पिकअप भ्यानले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान विराटनगर–५ आयल निगम नजिक प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको निजी भ्यानले ठक्कर दिदा इश्वरीप्रसाद पोखरेलको मृत्यु भएको हो।

भ्यानको ठक्करबाट गम्भीर घाइते हुनुभएका ७६ वर्षीय पोखरेललाई उपचारका लागि कन्चनवारीचौकस्थित आर्या अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बृद्ध पोखरेलको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो ।

ठक्करपछि प्रहरीले भ्यान नियन्त्रणमा राखे पनि चालक भने फरार छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Back to top button