एमाले प्रवेश गर्ने भएपछि रंगेलीका मेयरलाई पदमुक्त गर्न माओवादीको सिफारिस

विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी केन्द्रले कारवाही गरेको जनाएको छ ।

माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडियालाई बुधबार केपि शर्माओलीले एक कार्यक्रमका बिच एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ ।

नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिनिुभएको थियो । माओवादी केन्द्रका बैठक छल्दै आउनुभएका का बगडियालाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उहाँले पालिकाको कामले ब्यस्त भएक कारणले समय दिन नसकेको जवाफ दिनुभएको थियो ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले आज प्रेस विज्ञप्ति जारी गर्दै उनलाई ‘पार्टी हित विपरित काम गरेको’ भन्दै पार्टीबाट निष्कासन गरिएको र नगर प्रमुख पदबाट पदमुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको जनाउनु भएको छ ।

Back to top button