नेकपा एमालेको तराई मधेस केन्द्रित बृहत् जनसभाको तयारी पुरा

विराटनगर । नेकपा एमालेको तराई मधेस केन्द्रित बृहत् जनसभाको तयारी पुरा भएको छ ।बुधवार मोरङको रंगेलि नगरपालिकामा गरिने जनसभालाई अध्यक्ष केपिशर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले मोरङले जनाएको छ ।
मेयर उपमेयर तथा प्रदेश सांसद सहित ५ हजार अन्य पाटीका कार्यकर्ता एमालेमा प्रवेश गराउने एमाले मोरङका अध्यक्ष ऋसिकेष पोख्रेलले बताउनु भयो ।
 
प्रवेश गर्नेमा रंगेलि नगरपालिकाका मेयर दिलीप बगडिया सहित माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधि छन् । जनसभाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला सचिव रुपेश खतिवडाले बताउनु भयो ।
  

Back to top button