नेकपा एमालेले आज मोरङको रङ्गेलीमा वृहद जनसभा

विराटनगर । नेकपा एमालेले आज मोरङको रङ्गेलीमा वृहद जनसभाको आयोजना गर्दै छ ।

बिहान ११ बजेदेखि सुरु हुने भनिएको जनसभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोहि कार्यक्रममा माओवादीबाट निर्वाचित मेयर दिलिप बगडिया लगायतका जनप्रतिनिधि सहित ५ हजार लाई पार्टी प्रवेश गराउने एमाले मोरङले जनाएको छ ।

पार्टी प्रबेश गराउनकै लागि अध्यक्ष ओलीले रंगेलि आउनु भएको हो ।

यसैबीच एमालेको जनसभालाई लक्षित गरेर रङ्गेलीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Back to top button