सुनको मूल्यमा वृद्धि, तोलाको १ लाख ५ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

आज सुनको मुल्य बडेर तोलामा २५ सयले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि, २०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो।

तेजाबी सुन पनि तोलाको २ हजार ५ सय रुपैयाँले बढेर १ लाख ५ हजारमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Back to top button