रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भेटवार्ता हुने

काठमाडौं । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भेटवार्ता हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी समकक्षी डिमित्रो कुलेबाबीच टर्कीमा भेटवार्ता हुने तय भएको रुसको विदेश मन्त्रालयले जनाएको हो ।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेको हो । त्यसयता दुई देशका विदेशमन्त्रीबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो ।

अन्तर्राष्ट्रिय कूटनीतिक फोरममा भाग लिनका लागि एन्टालिया जाँदै हुनुहुन्छ । युक्रेनको विदेशमन्त्री कुलेबाले लाभरोभसँग भेट गर्ने तय भएको हो । टर्कीका विदेशमन्त्री मेभ्लुत काभुसोग्लुको प्रस्तावमा वार्ता हुन लागेको हो ।

उहाँले आफ्नो मध्यस्थतामा वार्ताको तयारी गर्नुभएको हो । यो वार्ता भोलि हुने बताइएको छ । रुस र युक्रेनबीच हालसम्म भएका शान्ति वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको छैन् ।

Back to top button