आमसभाका लागि एमाले अध्यक्ष ओली मोरङमा

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङ आउनुभएको छ । उहाँ रंगेली नगरपालिकामा हुने तराई मधेस केन्द्रित बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आउनुभएको हो ।

त्यस कार्यक्रममा अध्यक्ष ओलीले रंगेलीका मेयर दीलिप बगडिया, उपमेयर केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराउनुहुने छ ।

विमानस्थलमा पत्रकारहरु पुगे पनि उहाँले कुनै प्रतिक्रिया भने दिनुभएको छैन् । उहाँ आमसभा सकेर आज नै काठमाडौं फर्किनुहुने छ ।

Back to top button