बेलबारी २ का आवास ढकाल तिन दिनदेखि घरमा नआएपछि खोजि गरिदिन परिवारको आग्रह

बेलबारी । बेलबारी २ का १८ वर्षिय आवास ढकाल तिन दिनदेखि घरमा नआएपछि खोजि गरिदिन परिवारले आग्रह गरेका छन ।

सेतो ज्याकेट, कालो पेन्ट लगाएक, आँखामा पावर भएको चस्मा लगाएका, अन्दाजी ५ फिट १० इन्च अग्लो गहुगोरो वर्णका ढकाल फागुन २३ गते बिहान देखि हराएको र अहिले सम्म घर नफर्केको छिमेकी निर्मल रिजालले बताउनुभयो ।

सोमवार बिहान ११ बजे रमिते बन तर्फ जादै गरेको देखिएता पनि त्यसपछि आज सम्म कुनै आफन्त परिवारको सम्पर्कमा नआएको उहाँले बताउनुभएको छ ।

आफन्तहरुले खोजि गरी सहयोग गरीदिन सवैमा आग्रह गरेका छन ।

Back to top button