
काठमाडौं । नेपाली बजारमा सुनको भाउ एकै दिन प्रतितोला ३५ सय रुपैयाँले घटेको छ।
हिजो सुनको भाउमा कीर्तिमान कायम गर्दै तोलाको १ लाख ५ हजार ५ सय पुगेको थियो। आज भने ३५ सयले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको भाउ १ लाख १ हजार ५ सय रुपैयाँमा झरेको छ।
आज चाँदी पनि तोलामा ४५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।