संखुवासभा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

संखुवासभा । संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले भन्नुभयो, ‘१४ जनाको शव अहिले चैनपुर अस्पतालमा छ ।’ ‘पाँचजना घाइतेको पनि चैनपुर अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको पहिचान हुन भने बाँकी छ । आफन्त आएर सनाखत गरेपछि मात्रै पहिचान खुल्नेछ’, उहाँले भन्नुभयो ।

प्रहरीका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ।

Back to top button