काठमाडौं उपत्यकामा थप ३२ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २१, भक्तपुरमा ४ र ललितपुरमा ७ जना संक्रमित थपिएका छन्। यस्तै गत २४ घण्टामा देशभर ११२ जना संक्रमित थपिएका छन्।

आज ४२९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ८०१ पीसीआर तथा २ हजार ५२७ एन्टिजेन परीक्षण भएको छ।

Back to top button