सेयर बजारमा ५२ अंकको बृद्धि

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार नेप्से परिसूचक ५२ दशमलव ३१ अङ्कले बढेको छ।

आज नेप्से परिसूचक २५६६ दशमलव ९० अङ्कमा पुगेर बन्द भएको छ। सेयर कारोबार रकममा समेत उल्लेख्य सुधार भएको छ। नेप्सेमा आज २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन्। लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो।

सेयर बजारमा आज २ सय २९ कम्पनीको कारोबार भएको छ।

Back to top button