
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमिकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको छ ।
हिजो र आज भएको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिनुभएको हो ।
‘गल्ती नहुने भन्ने हुँदैन। गल्ती हुन्छ। तर, त्यसलाई सच्याउनु पर्छ। समीक्षा गर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘गल्ती र कमिकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशको काममा लाग्नुहोस्।’
पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिनुभएका उहाँले लोकतान्त्रिक आन्दोलनमा प्रतिगमनकारीले शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराउनुभयो ।