राष्ट्रियसभा एमाले दलको नेतामा भट्टराई, प्रमुख सचेतक दाहाल

काठमाडौं । एमालेले राष्ट्रियसभाका लागि संसदीय दलको नेता र प्रमुख सचेतक तोकेको छ।

संघीय संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले राष्ट्रिय सभामा संसदीय दलको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई मनोनीत गर्नुभएको हो ।

अहिलेसम्म भट्टराई प्रमुख सचेतकको जिम्मेवारीमा हुुनुहुन्थ्यो। राष्ट्रिय सभामा फागुन २० गते एक तिहाइ नयाँ सदस्य निर्वाचित भएर आएपछि फेरि दलको नेता र सचेतक फेरिएको हो । यसअघि दलको नेतामा सुमनराज प्याकुरेल हुनुहुन्थ्यो ।

Back to top button