प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज देखी

विराटनगर । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज देखी पोखरामा सुरु हुँदै छ ।

शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यसूची छ । आज बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ। शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने बताइएको छ ।

महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागिता रहने छ। यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको कारण स्थगित भएको थियो ।

Back to top button