
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना उपसचिवहरूको नियुक्ति गरेको छ ।
मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार लोक सेवा आयोगबाट बढुवा सिफारिस भएका ३० जना प्रशासन समूहतर्फका र ९ जना इन्जिनियरिङ जेनेरल समूहका उपसचिवहरूको नियुक्ति गरिएको हो ।
जसमध्ये ३० जनाको नियुक्ति बिहीवार गरिएको थियो भने ९ जनाको नियुक्ति आज गरिएको उहाँले बताउनुभयो ।