नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सांसद ठम्मर बहादुर बिष्टद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताउनु भएको छ ।

उहाँले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजिनामा दिएको समेत बताउनु भयो । उहाँले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफुले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए ।

पार्टी भित्र रचनात्मक आलोचनामार्फत् पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दापनि सफल हुन नसकेको उनले बताए ।

Back to top button