पथरी बहुमुखी क्याम्पसमा अध्यक्षका लागि दुई बस्नेत भिड्दै

पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी क्याम्पसको सञ्चालक समितिमा एमाले र नेकपा एकीकृत समाजवादी (एस) भिड्ने भएका छन् ।

एमालेले रामकुमार बस्नेतको नेतृत्वमा प्यानल बनाएको छ भने गठबन्धनले नेकपा (एस)का दिपक कुमार बस्नेतको नेतृत्वमा कमिटी बनाएको छ । रामकुमार मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार हुनुहुन्थ्यो भने दिपकलेउद्योग वाणिज्य संघ पथरीको नेतृत्व समालि सक्नु भएको छ ।

उक्त निर्वाचनमा सरकार गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्त प्यानल उठाएका हुन् ।

अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु १४ र लेखा संयोजकसहित ३ गरी १७ पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । सदस्यहरूमा खुल्ला आठ र महिला चार जना रहने व्यबस्था छ । क्याम्पसमा ३१७ जना सदस्य रहेका छन् ।

२०६४ सालमा स्थापित भएको क्याम्पसमा यस अघि पनि चुनावी प्रकृया बाटै नेतृत्व चुनिएको थियो । मोहन तुम्बापोले दुई कार्यकाल र मोहन न्यौपानेको दुई कार्यकाल अध्यक्ष भएका थिए । स्थापना कालमा मोहन तुम्बापोलाई सर्व सहमत अध्यक्ष चयन भएका थिए भने मोहन न्यौपानेले एक कार्यकाल निर्वाचन जितेर अध्यक्ष बन्नु भएको थियो ।

केन्द्रमा जस्तै गठबन्धन गरेर अगाडि बढिएको नेकपा एस मोरङका उपाध्यक्ष चन्डी राईले बताउनुभयो । शनिबार निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

Back to top button