चुनाव केन्द्रित प्रशिक्षणमा जुट्दै एमाले सुन्दरहरैचा नगरकमिटी

विराटनगर । नेकपा एमाले सुन्दरहरैचाले चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम गरेको छ । नगर कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा वडा कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरूले आउँदो स्थानियतहको निर्वाचनमा सुन्दहरहरैचाका सबै वडामा एमालेका उम्मेदवारले चुनाव जित्नु पर्ने बताएका छन् । आउँदो चुनावमा सुन्दरहरैचालाई एमालेमय बनाउन लाग्न एमालेको स्थायी कमिटी सदस्य लाल बाबु पण्डितले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यस्तै स्थायी कमिटी सदस्य देवराज घिमिरेले चुनावी गतिविधि बढाउन निर्देशन दिएका छन् । जिल्ला कमिटी सचिव रुपेश खतिवडाले सुन्दरहरैचा मात्रै नभई मोरङका १७ वटै पालिकामा एमालेले जित हासिल गर्ने दाबी गर्नुभयो ।

एमाले नेतृत्व सरकारले गरेका काम सहित भावी योजना लिएर जनताको घरमा जाने तयारीमा जुटेको नगर कमिटी सचिव सन्तोष घिमिरेले बताए ।

Back to top button