कांग्रेसका केन्द्रीय नेताहरू गठबन्धन प्रति लचिलो

विराटनगर । कांग्रेसका केन्द्रीय नेताहरू गठबन्धन प्रति लचिलो हुन थालेका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवाले केही दिन अगाडि नेताहरूलाई गठबन्धनका नेताहरूको चित्त नदुखाउन भनेपछि जिल्ला जिल्लामा आएका नेताहरू लचिलो बन्न थालेका हुन् ।

कांग्रेस एक्लै चुनाव लड्छ भन्ने नेताहरू अहिले लचिलो बन्न थालेका हुन । “घरघरमा जाऔं कांग्रेस जिताऔँ अभियान”अन्तरगत जिल्ला आएका केन्द्रीय नेताहरूले गठबन्धनको बिषयमा केन्द्रले टुंगो लगाउने बताएका छन ।

आइतवार मोरङमा “घरघरमा जाऔं कांग्रेस जिताऔँ अभियान”को बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य केशबाबु बुढाथोकीले अगामी चुनावमा गठबन्धन गर्ने नगर्ने टुंगो लगाउने जिम्मा केन्द्रीय कमिटीको भएको बताउनुभयो । तल्लो कमिटीहरूले दिएको सुझावका आधारमा केन्द्रले निर्णय लिने उहाँको भनाइ छ ।

चुनावमा कांग्रेस एक्लै जानेकी गठबन्धन गरेर जाने भन्ने टुंगोमा पुगि नसकेको केन्द्रीय सदस्य डा.डिला सग्रौलाले बताउनु भयो । उहाँले एमसिसी कांग्रेसको पहिलो एजेन्डा भएकाले तल्लो कमिटीसम्म लैजानेसमेत जानकारी दिनुभयो । एमसिसी नेपालका लागि हितकार भएको समेत उहाँको भनाइ छ ।

अभियान १ महिनासम्म चल्ने मोरङ कांग्रेसले जनाएको छ । बजार केन्द्रित भएको राजनीतिलाई टोलटोलसम्म लैजानका लागि अभियानले सहयोग पुग्ने मोरङ कांग्रेसका सभापति डिक बहादुर लिम्बुले बताउनुभयो ।

Back to top button