फेरी विवादमा गायक प्रकाश सपुत

काठमाडौं । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा तानिनु भएको छ ।  माओवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि सपुत विवादमा तानिनु भएके हो ।

यसअघि ‘गलबन्दी च्यातियो तिम्ले तानेर।।’ गीत अरूको चोरी गरेर बनाएको भन्दै विवादमा पर्नुभएको थियो । देशको गणतन्त्रका लागि जनयुद्धमा लडेका नेपाली नारी योद्धाको अस्मिताको खिल्ली उडाएको भन्दै उनी अहिले फेरि विवादमा उहाँ विवादमा पर्नु भएको हो ।

आफ्नै च्यानलबाट नयाँ गीत पीर प्रकाश सपुतले शनिबार रिलिज गर्नु भएको हो । यो गीतलाई आइतबार बेलुकासम्म २५ लाखपटक युट्युबमा हेरिएको छ । १६ मिनेटको गीतमा जनयुद्धमा लागेका महिलाहरूको अपमान गरेको भन्दै अहिले नेकपा माओवादी केन्द्रका नेताहरूले विरोध गरेका छन् । सोही पार्टीको विद्यार्थी संस्था अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जालमा सो गीतको भिडियोको पूरा विरोध गर्नु भएको छ ।

उहाँले यो गीत युट्युबबाट तत्कालै हटाउन पनि चेतावनी दिनुभएको छ ।  हिजोका दिनमा जातीय छुवाछुत सामाजिक विभेद हटाउन जनयुद्धमा होमिएका महिलाहरूको सम्मानमा आँच पुग्नेगरी भिडियोमा प्रस्तुत गरिएको दृश्यप्रति सिंहले घोर आपत्ति जनाउनु भएको हो ।

उहाँले भिडियो तत्काल हटाएर माफी माग्नसमेत सपुतलाई निर्देशन दिनुभएके छ । पञ्चा सिंहले यो गीतको भिडियोको विरोध जनाएपछि माओवादीसँग सम्बन्धित विभिन्न नेताहरूले पनि गीतको दृश्य हटाउन सपुतलाई दबाब दिएका छन् । तर, यो विषयमा सपुतले आइतबारसम्म केही बोलेका छैनन् ।

यसअघि पनि गायक सपुतलाई शम्भु राईको आउ नाचौं साथी हो गीत चोरेर गलबन्दी च्यातियो तिम्ले तानेर‘ बनाएको आरोप लागेको थियो । सो आरोपमा सपुतले माफी माग्नुपरेको थियो । त्यो गीतमा सपुत र राई दुवैको नाम संगीतकारमा राखिने सहमति भएको थियो ।

Back to top button