‘पिर’ गीतबाट उत्तेजित नहुन कार्यकर्तालाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको ‘पिर’ गीतबाट उत्तेजित नहुन कार्यकर्तालाई आग्रह गर्नुभको छ ।

सुदूरपश्चिम पार्टी प्रशिक्षणको सिलसिलामा धनगढी पुग्नुभएका उहाँले पत्रकारहरुसँग कुरा गर्दै उत्तेजित नहुन कार्यकर्तालाई भन्नुभएको हो ।

उहाँले आफूले सबै गीत हेर्न नपाएको उल्लेख गर्दै जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहने हुँदा अहिले नै उत्तेजित हुन नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर्क वितर्क हुन्छन्, त्यसलाई स्वाभाविक रुपले लिनुपर्छ’।

अध्यक्ष प्रचण्डले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो ।

प्रकाश सपुतको माओवादी जनयुद्धमा आधारित गीत सार्वजनिक भएपछि माओवादीका नेता तथा कार्यकर्ताले यसको विरोध गरिरहेका छन्।

Back to top button