गठबन्धन कांग्रेसको रहर होइन : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु परेको बताउनुभएको छ ।

काठमाडौंको मीनभवनमा आयोजित कांग्रेसको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत आयोजित कार्यक्रमा बोल्दै न्यायालयको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधानसम्बत सुधारको प्रयास थालिएको बताउनुभएको हो ।

अहिलेको गठबन्धन निर्माण कांग्रेस रहर नभई परिस्थिति भएकाले तत्कालीन सरकाले गरेको असंवैधानिक कामलाई रोक्न र संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार निर्माणका लागि गठबन्धन बनेको भन्दै चुनावसम्मै गठबन्धन गरेर जानुपर्छ भन्ने विषय उठेको छ। त्यस विषयमा पार्टीभित्र फरक–फरक मत रहेको छ। हामी एक महिने कार्यक्रम लिएर जनतामा जान्छौँ। कार्यकर्ताले जे सुझाव दिन्छन् सोही आधारमा पार्टी केन्द्रीय समिति बैठक बसेर आवश्यक निर्णय लिन्छ।’

 

Back to top button