सुन्दरहरैचा–७ गछियामा प्रहरी र स्थानीयबीच झडप

विराटनगर । मोरङको सुन्दरहरैचा–७ गछियामा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दाजुभाइलाई घटनास्थलमै ल्याएर सार्वजनिक गर्नुपर्ने माग राख्दै पूर्वपश्चिम राजमार्ग बन्द गराएपछि खुलाउने क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको छ ।

भीडलाई तितरवितर गर्नका लागि प्रहरीले लाठीचार्ज गरेको थियो । आन्दोलनरत पक्षलाई सम्झाइबुझाई गर्ने क्रममा ढुंगा प्रहार गर्न थालेपछि भाटा प्रहार गरिएको मोरङका एसपी जनार्दन जिसीले बताउनुभयो ।

ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका मोरङ प्रहरीले जनाएको छ । अहिले पनि आक्रोशित स्थानीयले सडकमा टायर बालेर विरोध जनाइरहेका छन् ।

अपहरण शैलीमा घरबाट बालिकालाई झाडीमा लगेर बलात्कारपछि हत्या गरेको आरोपमा २८ वर्षीय मिथुन र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेर आइतवार सार्वजनिक गरेको थियो । दोषीलाई घटना भएकै स्थानमा ल्याएर सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ ।

घरमा खेल्दै गरेकी बालिकालाई १० रूपैयाँ दिएर फकाएर लगेर बलात्कारपछि हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ । करणी गर्दा बालिका धेरै चिच्याएपछि बियरको बोतल र ढुंगाले हानेर पुनः बलात्कार गरिएको मोरङ प्रहरीले जनाएको छ ।

अजयका २ पत्नी छन् भने मिथुन अविवाहित हुन् । दाजुभाइले पालैपालो बलात्कार गरेको एसपी जिसीको भनाई छ । पहिला विवाहित भाइ अजय र पछि दाजु मिथुनले बलात्कार गरेको उहाँले बताउनु भयो ।

बलात्कार गर्नुअघि केरा बगानमा गाँजा खाएर योजना उनिहरुले बालिका बलात्का। गर्ने याजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Back to top button