प्रधानमन्त्री देउवाद्धारा भूमिका श्रेष्ठलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गर्नुभएको छ ।

समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो।

सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाले लेख्नुभएको छ, ‘एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईले गर्नुभएको अथक वकालतका निम्ति अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जित्नुभएकोमा हार्दिक बधाई।’

यसैगरी नेपालीले यो पुरस्कार जितेको लगातार दोस्रो वर्ष हो।

Back to top button