तोलामा १८ सय रुपैयाँले घट्यो सुन

काठमाडौं । सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ।

हिजो तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदी आज तोलामा ३५ रुपैया घटेको छ। हिजो तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Back to top button