आज कुलमानविरुद्ध मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ। सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा. कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ।

प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट निवेदक हो। भदौ १ मा उहाँले वारेसमार्फत घिसिङविरुद्ध अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमार्फत शाक्यले २४ साउनमा घिसिङलाई कार्यकारी निर्देशक बनाउन सरकारले गरेको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गर्नुभएको थियो ।

शाक्यको पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर छ। उहाँ २७ माघ २०७७ मा कार्यकारी निर्देशक नियुक्त हुनुभएको थियो। चार बर्से अवधि भए पनि उहाँलाई ६ महिनामै उक्त पदबाट हटाइएको थियो त्यसपछि उहाँ सर्वोच्च पुग्नुभएको हो ।

Back to top button